आन्दोलन फिर्ता लिएर ढुवानीमा सहयोग गर्न निगमको आग्रह

नेपाल आयल निगमले राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थानलाई आफ्नो आन्दोलन फिर्ता गर्न आग्रह गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका कार्याक्रम फिर्ता गरेर पेट्रोल ढुवानी गर्न आग्रह गरेको हो ।निगमका कार्यकारी निर्देशक भारतमा भएकाले तत्काललाई आन्दोलनका कार्याक्रम फिर्ता गरेर निर्देशक भारतबाट आए वार्ताबाट समस्याको समाधन खोजिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

पेट्रोलियम ढुवानी व्यवसायीलाई आन्दोलन फिर्ता लिन निगमको आग्रह

२४ भदौ, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने घोषण गरेको थियो भने शनिबारदेखि देशभर ढुवानी रोक्ने बताएको छ । महासंघको […]

निगमको आग्रहपछि पेट्रोलियम ढुवानी व्यवसायीहरुले आन्दोलन फिर्ता लिए

काठमाडौँ– नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेपाल आयल निगमविरुद्ध पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो । निगमले आइतबार महासंघलाई पत्र पठाएर माग पुरा हुने प्रक्रियामा रहेकाले फिर्ता लिन आग्रह गरेको थियो । यस विषयमा थप निर्णय साउन २२ गते […]

पेट्रोलियम पदार्थ बिक्री नगर्ने आन्दोलन फिर्ता लिन आयल निगमको आग्रह

काठमाडौँः नेपाल आयल निगमले आन्दोलनका कार्यक्रम फिर्ता लिन राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिलाई आग्रह गरेको छ। समितिले उठाएका मागबारे निगमका उच्च पदाधिकारी भारतबाट फर्किएपछि निर्णय लिने भन्दै आन्दोलन स्थगन गर्न निगमले आग्रह गरेको हो। शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरिएको छ। शनिबारदेखि विक्री वितरण समेत बन्दको कार्यक्रम तय भएको छ। …

आन्दोलन फिर्ता लिन पेट्रोलियम व्यवसायीलाई निगमको आग्रह

नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगन गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतको माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका व्यवसायीहरुले शुक्रबार डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेपछि निगमले विज्ञप्ति जारी गरेर आन्दोलन फिर्ता लिन अनुरोध गरेको हो ।