‘सुशासन र सामाजिक रुपान्तरण’ विषयमा कार्यशाला

गण्डकी, १८ भदौ । पोखरामा आयोजित अन्तर्राष्ट्रिय कार्यशालामा विभिन्न देशका समाजशास्त्रीका ५६ कार्यपत्र प्रस्तुत भएका छन् । नेपाल समाजशास्त्र सङ्घले आयोजना गरेको ‘नेपालमा सुशासन र सामाजिक रुपान्तरण’ विषयक तीनदिने कार्यशालामा ५६ कार्यपत्र प्रस्तुत हुँदै सम्पन्न भएको हो । कार्यशालामा नेपाल, भारत, चीन, बेलायत, जापान, नर्वे र अमेरिकालगायत मुलुकका वरिष्ठ समाजशास्त्रीले कार्यपत्र प्रस्तुत गरेको थियो । […]