भारतबाट हात्तीको बथान आउन थालेपछि त्रास

आधा दशकपछि भारतबाट बाहुन डाँगीमा हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरु मेचीको बगर बाटै फर्किने गरेका छन् । मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुन डाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर नेपालको तारबार क्षेत्रसम्म हात्तीको बथान आउन थालेको बताए । तीसदेखि एक सयको सङ्ख्यामा हात्तीको बथान आउने गरेका छन् । बथानमा लामा लामा दाह्रा भएका भाले हात्तीदेखि बच्चाहरु पनि छन् । केही दिनअघि मेचीनग