अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउने डा.बाबुराम भट्टराईको प्रस्ताव

काठमाडौं।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रपतिमा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीसलाई बनाउने प्रस्ताव अघि सारेका छन्। डा.भट्टराईले ट्वीटर मार्फत भनेका छन्, “गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका/स्तर निकै कमजोर/निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है! त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि?”

सम्बन्धित सामग्री

पहिचानवादी शक्तिलाई बाबुरामको साथ, कोशी प्रदेशको नाम परिवर्तन हुनुपर्ने माग

काठमाडौं, २१ माघ । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समितिको बैठकले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीलाई आत्मसात गर्नुपर्ने बताएको छ । काठमाडौंमा बसेको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने निश्कर्ष निकालेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई र महिन्द्र राय यादवले वर्षौंदेखि उक्त एजेण्डा उठाउँदै […]

नयाँ सरकार गठनमा राष्ट्रपतिको भूमिकाको प्रतीक्षा

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि अब नयाँ सरकार गठनको प्रक्रिया कसरी सुरु हुन्छ भन्ने चासो छ । विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार गठनको प्रक्रिया […]