जनकपुरधाम । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुने भएको छ । नेपाली कांग्रेस, जसपा र नेकपा एस निकट विद्यार्थीहरूले क्याम्पसमा गरेको तालाबन्दीका कारण हिजो उम्मेदवारी दर्ता हुन सकेन । विवाद समाधान पश्चात् स्ववियु निर्वाचन समितिले आज निर्वाचनका नयाँ तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार […]
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी भएको छ ।
आज उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अध...
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी भएको छ ।
आज उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अध...
पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन)को स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखुलेपछि आज ११ बजेबाट सुरु हुने भनिएको उम्मेदवारी दर्ता अनिश्चित बनेको छ । कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा स्ववियु कार्यालयमा बिहिवार तालाबन्दी गरेको थियो । तर, हालसम्म पनि विद्यार्थी […]
काठमाडौं, फागुन २ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदाता नमावली फागुन १९ गते प्रकाशन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि क्याम्पसको पठनपाठन र परीक्षामा व्यवधान आउनसक्ने आंकलन गर्दै त्रिविले एक महिना अघिमात्र कार्यतालिका सार्वजनिक गर्न लागेको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय […]
पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचन समितिले राजीनामा दिएको छ। निर्वाचन समितिले एक विज्ञप्ति निकाल्दै निर्वाचन समितिको कार्यालयमा तोडफोड र तालाबन्दी गर्ने, निर्वाचन समितिका सदस्यको निष्ठामाथि प्रश्न गर्ने र सदस्यहरूमाथि भौतिक आक्रमण गर्ने जस्ता क्रियाकलाप भएपछि राजीनामा दिइएको जनाएको छ। समितिका निर्वाचन अधिकृत विकास केसीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा विद्यार्थी सङ्गठनको यस्तो गतिविधिले निर्वाचन समितिलाई काम गर्नसमेत असहज भएको उल्लेख गरिएको छ।
बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखोलिएपछि स्ववियु निर्वाचनको उम्मेदवारी मनोनयन प्रभावित भएको छ। विद्यार्थी मतदाताको फर्जी परिचयपत्र भेटिएको र निर्वाचनका बेला कतिपय प्राध्यापक तथा कर्मचारीले निर्वाचनलाई प्रभाव पार्ने गरी अवाञ्छित गतिविधि सञ्चालन गरेको आरोप विभिन्न विद्यार्थी सङ्गठनको छ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सहभागी हुन विद्यार्थी सङ्गठनले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा समेत चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले शनिबार उम्मेदवारी दर्ता गरेका हुन् तर आङ्गिकमध्ये त्रि–चन्द्र, आयुर्वेद र पृथ्वीनारायण क्याम्पसमा भने विद्यार्थी सङ्गठनको आपसी विवादका कारण उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जानकारी दिएको छ । त्यहाँ विद्यार्थी भर्नासम्बन्धी विवाद देखिएको छ । त्यस्तै प्रकृतिको समस्या रहेको रत्नराज्यलक्ष्मी र नेपाल कमर्स क्याम्पसमा भने समस्या समाधान गर्ने प्रयास भइरहेको निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ।