मकवानपुरमा लागुऔषध तस्करी सल्बलाए, अत्यावश्यक सामान बोक्ने गाडी दुरुपयोग

हेटौंडा : कोरोना भाइरस नियन्त्रणका लागि भएको निषेधाज्ञामा मकवानपुरमा ठूलो मात्रामा लागुऔषध ओसारपसार गर्नेहरू थप सक्रिय बनेका छन्। अरु बेलामा सानो मात्रामा लागुऔषध ओसारपसार गर्नेलाई यतिबेला ठूलो परिमाणमा अवैध लागुऔषध ओसारपसार गर्न मौका परेको छ।जिल्लामा कोरोना नियन्त्रणको लागि करिब डेढ महिनादेखि निषेधाज्ञा जारी छ। वैशाख १८ गतेदेखि जारी निषेधाज्ञाले जिल्लाको सबै क्षेत्र ठप्प बनेको बेलामा ठूलो मात्रामा लागुऔषध ओसारपसार गर्नेहरू अत्यावश्यक सामान बोक्ने गाडीको दुरुपयोग गरेर प्रहरीको आँखा छल्दै लागुऔषध