डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका तर्फबाट डा आचार्य उम्मेदवार

काठमाडौँ- सरकारले विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । यही अक्टोबर ३१ अर्थात् कात्तिक १४ मा हुने निर्वाचनमा बङ्गलादेशका उम्मेदवारसँग नेपालले प्रतिस्पर्धा गर्ने डा आचार्यले आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै जानकारी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मतदाता मुलुकलाई नेपालको पक्षमा मतदान गर्न […]