कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो

कास्कीमा जारी मतदानमा बिहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिए ।चिसोका कारण बिहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उनले बताए । जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए ।जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ जना कर्मचारी खटाइएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन्