चितवन - चितवनमा प्रदेश सभा क्षेत्र नं ३ (क)मा राप्रपाका गिरबहादुर तामाङ २ हजार ८५७ मतान्तरले निर्वाचित हुनुभएको छ । यस क्षेत्रको जम्मा ५० हजार २१२ मत गणना गर्दा तामाङले १७ हजार ८१३ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेले १४ हजार ९५६ मत मात्रै प्राप्त गर्नुभयो। २०७४ मा यही क्षेत्रबाट निर्वाचित एमालेका पूर्व प्रदेश सांसद कृष्ण भुर्तेल तेस्रो हुनुभएको छ । उहाँले ११ हजार ६२३ मत मात्रै प्राप्त गर्नुभएको छ ।