दिल्लीमा कोरोना भाइरस महामारीको तेस्रो लहरपछि विद्यालय खुलेका छन्। सोमबारबाट ९ देखि १२ कक्षाका विद्यार्थी विद्यालय गएका हुन्। योसँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि खुल्ने छन्। कोभिड १९ को ओमिक्रोन भेरियन्टको प्रकोप सुरु भएपछि डिसेम्बरदेखि विद्यालय बन्द थियो। उपराज्यपाल अनिल बैजलको अध्यक्षतामा बसेको विपद् प्रवर्द्धन प्राधिकरणको बैठकले दिल्लीमा विद्यालय खोल्ने निर्णय गरेको हो। […]