काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालको गुणस्तरीय सेवा विस्तारमा सरकार संवेदनशील रहेको बताएका छन्।अस्पतालको १३३औं वार्षिकोत्सवको अवसरमा वीर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवाको क्षेत्रमा सरकार संवेदनशील रहँदै आएको र अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाको क्षेत्रमा सरकार संवेदनशील छ, जसले गर्दा वीर अस्पतालले बढीभन्दा बढी जनतालाई सेवा दिनेछ भन्नेमा दृढ