नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले उहाँलाई एमालेमा प्रवेश गराउनुभएको हो । पूर्व प्रहरी महानिरीक्षक खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जनता समाजवादी पार्टी (जसपा)का नेता होरीलाल चौधरीलगायत एमालेमा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष …