प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि संयुक्त राष्ट्र सङ्घस्तरमा बलियो सन्धि आवश्यक रहेको एउटा प्रतिवेदनले जनाएको छ ।
वातारणीय अनुसन्धान एजेन्सी (ईआईए) ले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा प्लास्टिकबाट वातारणमा पुगेको क्षतिबारे प्रशस्त प्रमाणहरु रहेको भन्दै यसलाई रोक्न संयुक्त राष्ट्र सङ्घले सन्धि गर्नुपर्ने उल्लेख छ ।
प्लास्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौती जलवायु परिवर्तनको सरह रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
सास फेर्ने हावा, खाने खाना, माटो तथा हिउँमा पनि प्लास्टिकका साना कणहरु रहेको भन्दै अनुसन्धानकर्त...