बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

जेठ ३, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी भएका छन् । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर परेको छ । अध्यक्षमा विजयी थापाले तीन हजार २२९ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का पूर्णसिं थापाले तीन हजार १६६ मत प्राप्त गरे । उपाध्यक्षमा विजयी गुरुङले तीन हजार २७ मत प्राप्त गरे । प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरे ।  ६ ओटा वडामध्ये बन्दीपुरमा नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई र नेपाली कांग्रेसले एक वडा जितेको छ । एमालेले वडा नं १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५ तथा कांग्रेसले ३ नं वडा जितेको छ । कूल १५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो ।  ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ तीन हजार ३३५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार श्रीराम आलेले तीन हजार ३३ मत प्राप्त गरे । नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत प्राप्त गरे ।  उपाध्यक्षमा गिनुमाया थापा चार हजार ४२९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मधुसिं थापाले तीन हजार ४८९ मत प्राप्त गरे । विजयी थापा पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । १८ हजार ८३८ मतदाता रहेको गाउँपालिकामा १० हजार ६७७ मत खसेको थियो ।  आठ वडा रहेको गाउँपालिकामा नेपाली कांग्रेसले पाँच, स्वतन्त्र उम्मेदवारले दुई र नेकपा माओवादी केन्द्रले एक वडामा जीत हासिल गरेको छ । रासस

सम्बन्धित सामग्री

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसकी पन्चमाया गुरुङ निर्वाचत भएका छन्।  थापाले तीन हजार दुई सय २९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी...

बन्दीपुर अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका सुरेन्द्र थापाले माओवादी केन्द्रका पूर्णसिंह थापालाई ६३ मत अन्तरले पराजित गर्नुभयो । सुरेन्द्रले तीन हजार २२९ मत प्राप्त गर्नुभयो भने पूर्णसिंहले तीन हजार १६६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कांग्रेसकी पञ्चमाया गुरुङले दुइ मत अन्तरले विजयी हुनुभयो ।

बन्दीपुर गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी भएका हुन् । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर छ । अध्यक्षमा विजयी थापाले तीन हजार दुई सय २९ मत प्राप्त गरे भने प्रतिस्पर्धी नेकपा (माओवादी) […]