संवैधानिक परिषद् बैठक जारी

काठमाडौं - संवैधानिक परिषद् बैठक जारी रहेको छ। बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की चार दिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्ने तयारी गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ...

सम्बन्धित सामग्री

संवैधानिक परिषद् बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न आज संवैधानिक परिषद् बैठक बोलाइएको छ । बैठक आज साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि २८ भदौमा बैठक बसेको थियो । तर सो बैठकले कुने निर्णय गर्न सकेको थिएन ।

संवैधानिक परिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक आह्वान गरेका छन् । बैठक अपरान्ह ५ बजे बस्ने छ । बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने बुझिएको छ ।

संवैधानिक परिषद् बैठकमा ओलीले अड्को थाप्दा भएन प्रधानन्यायाधीशकाे सिफारिस

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषद् बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक सुरुमा सभामुखले विभिन्न समितिको सभापति पूरा हुन नसकेको औंल्याए । त्यसपछि प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘प्रधानन्यायाधीश टुंगो अब अर्कोपटक गरौं’ भनेपछि बैठक निष्कर्षविहीन बनेको हो । ‘प्रधानन्यायाधीशको नाम सिफारिसको […] The post संवैधानिक परिषद् बैठकमा ओलीले अड्को थाप्दा भएन प्रधानन्यायाधीशकाे सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संवैधानिक परिषद् बैठक सुरु

काठमाडौँ- संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ ।  प्रधानन्यायाधीश हरिकृष्ण कार्की चार दिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल...

संवैधानिक परिषद् बैठक बस्दै, देउवा र सापकोटा सहभागी नहुने

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्को बैठक आइतवार बिहान ९ बजे बस्दैछ । यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएको छ । अध्यादेश जारी भएकोमा विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् ।  नेकपा माओवादी केन्द्रले समेत प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा सहभागी नहुन सबै सदस्यलाई आह्वान गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा समेत सहभागी नहुने जनाइएको छ ।

संवैधानिक परिषद् बैठक स्थगन गर्न माओवादी केन्द्रको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गरेका छन् । उनले आज प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामखु समेतले भाग नलिने जनाएकाले बैठक स्थगन गर्न आग्रह गरेका हुन् । अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै […]

ओलीले फेरि संवैधानिक परिषद् बैठक बोलाए

काठमाडौं : यसअघिका नियुक्तिमा अन्य दलहरूले आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक आयोगहरूमा रिक्त पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन्। हाल लोकसेवा आयोग, समावेशी आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक आयोगहरूमा पदाधिकारी रिक्त छन्। मुलत लोकसेवा आयोगमा तत्काल नियुक्ति नभएर कर्मचारीहरूको वृत्ति विकासमा बाधा पुगेको आवाज उठिरहेको छ। साथै अन्य केही आयोगले पनि पूर्णता पाउन सकेका

संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । ‘मिति २०७७ माघ २१ गते बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको छ’ मंगलबार यस्तो सूचना पठाएर बैठक स्थगित भएको परिषद् सदस्यहरुलाई जानकारी दिइएको हो । यसअघि सभामुख अग्नि सापक...

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार साँझ बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । बुधवार साँझ ५ बजेका लागि संवैधानिक परिषद् बैठक बोलाइएको थियो । विभिन्न संवैधानिक आयोगका पदाधिकारी र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने परिषद्को बैठक केही महिनायता विवादित बन्दै आएको छ ।

बस्न सकेन संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता नगएपछि बुधबार बोलाइएको संवैधानिक परिषद् बैठक बस्न सकेन । कांग्रेस सभापति शेरबहादुर देउवाले ‘आउन...