काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले कानुनीरुपमा अनुमति प्राप्त व्यक्तिका नाममा रहेका हातहतियार (बन्दुक, पेस्तोल) निर्वाचन अवधिभर कात्तिक मसान्तभित्र अनिवार्यरुपमा बुझाउन सर्वसाधारणसँग अनुरोध गरेको छ।
कार्यालयले सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी तथा कानुनबमोजिम लिन पाउने हतियारबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारका विष्फोटक, रसायनिक, विषालु पदार्थ, लाठी, खुकुरी, बन्दुक पेस्तोलजस्ता हतियार