नेकपाका दोस्रो तहका नेताहरु एकता जोगाउने पहलमा

काठमाण्डाै - दुई समूहमा विभाजित भइसकेको नेपाल कम्युनिस्ट पार्टीलाई फेरि एक गराउन दोस्रो तहका नेताहरुले पहल थालेका छन् । शीर्ष नेताहरुबीचको सम्बन्ध निकै तिक्ततापूर्ण अवस्थामा पुगेको भए पनि दोस्रो तहका नेताहरुले पार्टीलाई फेरि एक गराउन सकिन्छ कि भन्ने बारेमा अनौपचारिक छलफल र कुराकानी गरिरहेका हुन् । अवस्था निकै जटिल रहे पनि अझै एकताको आशा रहेको र आफू अर्को पक्षका नेताहरुसँगको कुराकानीमा रहेको ओली पक्षका नेता सुवास नेम्वाङले बताउनुभयो । पहिले सजिलो अवस्थामा रहँदासमेत पार्टी एकता गर्न गाह्रो भएको अनुभव सुन...