रौतहटमा नक्कली नोटसहित चारजना पक्राउ

रौतहटमा नक्कली नेपाली नोटसहित चारजना युवक पक्राउ परेका छन् । मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चारजना युवक पक्राउ परेका हुन ।पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल,  २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर दिनेश कुंअरले बताए । दुई दिन अघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका ३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर  सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा प