काठमाडौं : धेरैजसो व्यक्ति रुघाखोकी वा सामान्य ज्वरो आएका वेला पनि आफूखुशी औषधि पसलमा पुगेर एन्टीबायोटिक प्रयोग गर्ने गर्छन्। कोभिड संक्रमणको समयमा मात्रै होइन‚ डेंगु संक्रमणका वेला पनि मानिसले आफूखुशी एन्टीबायोटिक किनेर खाने गरेको चिकित्सकले बताएका छन्।पछिल्लो समय विभिन्न प्रकारका समस्या लिएर अस्पताल पुग्ने बालबालिका‚ युवा तथा वृद्धवृद्धा विरामीहरूलाई समेत चिकित्सकले सिफारिस गर्नेमध्येको साझा औषधि हो एन्टीबायोटिक।विरामीले आफूखुशी किनेर होस् वा चिकित्सकहरूले अनावश्यक रूपमा सिफार