हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत भार्ताङ भीरमा अवरुद्ध सडकमा यातायात सुचारु भएको छ । पहिरोका कारण अवरुद्ध भार्ताङ भीरमा साढे तीन महिनापछि आइतबारबाट यातायात सुचारु भएको हो ।गतअसार १ गतेको भारी वर्षा र पहिरोले अवरुद्ध मनाङ सडकअन्तर्गत भार्ताङ भीरमा चट्टानसहितको पहिरो गएपछि लामो समय यातायात सञ्चालन हुन सकेको थिएन । ठूलो चट्टानसहितको पहिरोले सडक भास्सिएपछि […]