बासी तेलकाे पुन:प्रयोग हानिकारक

झापाको दमकमा विभिन्न खाद्य सामग्री उत्पादन गर्ने उत्पादकहरुले प्रयोग गर्ने तेलमा शुद्धता नरहने गरेको र उनिहरुले तोकिएको मापदण्ड पुरा नगरी बजारमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । दमक नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेका अनुसार तेलमा तारेर बनाईने चिप्स लगायतका खाद्य सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्दा एउटै तेल बारम्बार प्रयोग गर्ने गरेको भेटिएको छ । एउटै तेललाई लामो समय सम्म खानेकुरा तार्न प्रयोग गरिएको भेटिएको छ, उहाँले भन्नुभयो ।