किन भनिन्छ 'कहीं नभएको जात्रा हाडीगाउँमा' ?

सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ । राजधानीको हाडीगाउँमा भने शुक्रबार गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको जात्रा गरियो । यही जात्राले गर्दा नै ‘कहीं नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान नै बन्यो । कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ । जात्रालाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा पनि भनिन्छ ।