बेपत्ता जहाजमा १६ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक सवार

काठमाडौं । पोखराबाट उडेर बेपत्ता भएको तारा एयरको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेका खुलेको छ । जसमा चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् । जहाजमा चालक दलका क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल, उयर होस्टेज क्रिष्टी थापा तथा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, बसन्त लामा, गणेश नारायण […] The post बेपत्ता जहाजमा १६ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक सवार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सगरमाथा क्षेत्रकाे भ्रमणमा आएका जर्मनीका एक नागरिक बेपत्ता

साेलुखुम्बु - सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणमा आएका जर्मनीका एक जना नागरिक बेपत्ता भएका छन् । ७६ वर्षका डा.साखर गम पाँच दिनदेखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। काठमाण्डौबाट लुक्ला ओर्लिएका जर्मन नागरिक त्यसपछि सम्पर्कमा नआएका भन्ने परिवारको सूचनाका आधारमा खोजी भइरहेको प्रहरीले जनाएको छ । गम एक्लै सोलुखुम्बु भ्रमणमा गएका उहाँको परिवारले बताएको छ ।

बेपत्ता विमानको खोजी कार्य जारी छ : तारा एयर

जेठ १५, काठमाडौं ।  तारा एयरको ९ एन एईटी ट्विनअटर विमान मुस्ताङको लेते आसपासबाट बेपत्ता भएको छ । पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराएको उक्त विमान खोजीकार्य भइरहेको कम्पनीले बताएको छ । विमान खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको पनि कम्पनीले बताएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको बताएको छ । मौसममा सुधार आउना साथ हवाईमार्गबाट खोजी कार्य पुनः शुरु गर्ने कम्पनीले बताएको छ ।  विमानमा १९ जना यात्रु रहेको बताइएको छ ।  विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको थियो । कम्पनीका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को - पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।  स्रोतका अनुसार जहाजमा १३ नेपाली, चार भारतीयसहित २ जना जर्मन नागरिक थिए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालका अनुसार विमानको अन्तिम सम्पर्क टावर लेते र घासा आसपास रहेकाले अहिले नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरमार्फत खोजी भइरहेको छ।