नेपालस्थित भारतीय राजदूतावासको आयोजनामा तेस्रो उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रुपमा उद्घाटन गरेका थिए । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत चैत ९ गते सो सम्मेलन आयोजना गरेको थियो । भारत र नेपालका उद्यमशील प्रतिभाहरूलाई जोड्ने उद्देश्यबाट यो सम्मेलनको आयोजना गरिएको दूतावासद्वारा