उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट भित्रै रहेको त्रियुगा नगरपालिका– ११ चप्पन बरुवाधारका स्थानीयबासीले स्वच्छ खानेपानी पाउन सकेको छैन । गाउँ भन्दा मुनिको खोलाको पानी खान बाध्य छन् उनीहरु । सदरमुकामको गाईघाट बजारसँगै जोडिएको चप्पन बरुवाधार गाउँमा बर्षाैदेखि स्वच्छ खानेपानीको अभाव हुदै आएको हो । खानेपानीका लागि सास्ती भोग्दै आएका त्यहाका ५५ घर परिवारका करिब पाँच …