स्थानीय तह सहिद स्मृति गोल्डकप : आज संकटा र मछिन्द्र भिड्दै

मकवानपुर : हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज संकटा क्लब र एडिभिजन लिग विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल वन विज्ञान अध्ययन संस्थानको मैदानमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।आजको खेलबाट विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोली रिगल हेटौंडा रिसोर्टसँग चैत ४ गते प्रतिस्पर्धा गर्नेछ। आइतबार भएको खेलमा बागमती युवा क्लब सर्लाहीले सशस्त्र प्रहरी बल (एपिएफ)लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।जिल्ला