उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्। असोज ८ गते स्वत: अवकाश हुन लागेका पोखरेलले तीन दिनअगाडि नै राजीनामा दिएका हुन्। दुई वर्षअघि २०७६ असार १३ गते महानिर्देशक बनेका पोखरेलले राजीनामा दिएस‌ँगै सरकार नयाँ महानिर्देशक नियुक्ति गर्ने तयारीमा जुटेको छ।