प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पनि समर्थन गरेकाले प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताएका छन् । सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता नेपालीले प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै असंवैधानिक कदमलाई […]