सिमकोट – स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको औषधि डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएपछि अस्पतालमा औषधि अभाव भएको छ। आर्थिक वर्ष सुुरु भएको चार महिना बितिसक्दा पनि प्रदेशबाट औषधि नआएको र जिल्लाले खरिद गर्ने औषधिसमेत ढुवानी समस्याले आउन नसकेपछि अस्पतालमा अभाव भएको हो। पाँच दिनदेखि अस्पतालमा उपचार गर्दै आएका अनिल शाहीले अस्पतालमा औषधि पाउन छाडेको बताए। […]