कक्षा १२ को परीक्षाफल १० दिनभित्र

काठमाडौं, भदौ ६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात् भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ । विद्यालय तहको अन्तिम परीक्षाको रूपमा हेरिएको सो परीक्षाको परीक्षाफल सकभर दोस्रो सातामा नभए १५ गतेभित्र प्रकाशित गर्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए । बोर्डले जेठको १६ गतेदेखि परीक्षा शुरू भएको कक्षा १२ […]

सम्बन्धित सामग्री

कक्षा १२ काे परीक्षा आजै प्रकाशित गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशित गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

कक्षा १२ को परीक्षाफल सार्वजनिक

मंसिर १७ , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रवार बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार उक्त कक्षाको परीक्षाफल प्रकाशित गरिएको  हो ।बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार उक्त  परीक्षामा देशभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।  जसमा नियमिततर्फ १ लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसै गरी आंशिकतर्फ १ लाख २३ हजार १२१ परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् । कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।