जन्ती ढुङ्गामा टिकटक बनाउँदै

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका– १३, स्थित जन्ती ढुङ्गामा टिकटक बनाउँदै गरेका एक युवक । हेरिरहुँ लाग्ने जन्ती ढुङ्गामा पछिल्लो समय टिकटक बनाउनेको घुइँचो लाग्छ ।

सम्बन्धित सामग्री

तुलसीपुरमा हेरिरहुँ लाग्ने ‘जन्तीढुङ्गा’

कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हेर्यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ ।  तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका ती हजारौँ ढुङ्गा कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्ती ढुङ्गा’ नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती छ ।कुँदिएका जस्ता देखिने ती ढुङ्गा जन्ती, दुलहा–दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाएपछि त्यहा