हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग लगायतका स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य भूभागमा मौसम सामान्यतयाः सफा रहेको छ।
यस्तै दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।
यस्तै सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको ...