पौरखी कमला : महिनामा बिक्री गर्छिन् २ लाखको दूध

सफलताका लागि विश्वविद्यालयको डिग्रीको सार्टिफिकेट जरुरी छैन भन्ने दरिलो उदाहरण हुन् कमला जोशी । साधारण लेखपढ मात्रै गरेकी कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीकी ३१ वर्षीया कमला जोशी हाल व्यावसायिक पशुपालनमा फड्को मार्दै गएकी छन् । उनी व्यवसायमार्फत मनग्यै कमाइ गर्न सफल भएकी छन् । उनका पति रमेशदत्त जोशी ट्रक चालक हुन् । छोराछोरी, देवरसहित उनको ५ जनाको परिवार छ । अचल सम्पत्तिको नाममा पुर्खाले जोडेको १ कठ्ठा जमिन छ तर हाल उनी आफ्नै पौरखले महिनामा २ लाख रुपैयाँ बढीको कारोबार गर्छिन् । फलतः उनी केही गर्नला...