नलसिंहगाडका कार्यकारी निर्देशकसहित ६ जनालाई सफाइ

विशेष अदालतले नलसिङगाड जलविद्युत् विकास समितिका तत्कालीन कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनालाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि परामर्शदाता छनोट प्रक्रियामा भ्रष्टाचारको अभियोगमा उनीहरूमाथि मुद्दा दायर गरेकोमा विशेष अदालतले सफाइ दिएको हो । मंगलबार बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले अख्तियारको आरोप पुष्टि गर्ने कुनै आधार नभएको भन्दै सफाइ दिएको छ ।