चुनावमा प्रधानमन्त्रीको आश्वासनबारे सिटौलाले भने- देउवासँग कुनै ‘कन्डिसन’ राखेको छैन

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका नेता कृष्ण सिटौलाले चुनावमा प्रधानमन्त्रीको उम्मेदवार बन्नेबारे शेरबहादुर देउवासँग कुनै शर्त नराखेको स्पष्ट गरेका छन् ।  उनले महाधिवेशनपछि देउवाले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लैजाने विश्वास व्यक्त गरे ।  कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान भइरहेको स्थल राष्ट्रिय सभागृहमा पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले आफूले कुनै पदको ‘बार्गेनिङ’ नगरेको बताएका हुन् । ‘प्रधानमन्त्रीको उम्मेदवार बन्नेबारे कुनै सहमति भएको ...