सुर्खेत । रूख कटानमा ढिलाइ हुँदा कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन निर्माणको काम प्रभावित भएको छ । प्रसारण लाइन विस्तारका लागि रूख कटान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले स्वीकृत दिन ढिलाइ गर्दा निर्माणको कामले गति लिन नसकेको हो ।
आयोजना कार्यालयले गत जेठमा पठाएको रूख कटान सम्बन्धी प्रस्ताव करीब ७ महीनादेखि मन्त्रालयमै अड्किएको छ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरीले आयोजना कार्यालयबाट यसअघि नै विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुंगो लगाइसकिएको बताए । रूख कटानमा ढिलाइ नभए तोकिएकै समयमा काम सकिने लक्ष्य राखिए पनि स्वीकृति ढिलो आएमा आयोजनाको अवधि लम्बिन सक्ने उनको भनाइ छ । ‘मन्त्रालयमा फाइल अड्किरहेको छ,’ उनले भने, ‘मन्त्रालयबाट रूख कटानका लागि स्वीकृति नआएसम्म अरू काम अगाडि बढाउन सकिँदैन ।’ अन्य स्थानमा रूख कटान भएपछि मात्रै टावर निर्माण गर्न सकिने उनको भनाइ छ । संघीय मन्त्रिपरिषद्को बैठकले रूख कटानका लागि स्वीकृति दिएपछि मात्रै रुख काट्न बोलपत्र आह्वान, जग्गाको मुआब्जा लगायत प्रक्रिया शुरू हुने उनले बताए ।
उनका अनुसार आयोजना क्षेत्रमा पर्ने १३ हजार ५६ ओटा रूख काट्न कार्यालयले अनुमति मागेको छ । यद्यपि, आयोजनाले वन क्षेत्र नपर्ने ठाउँमा टावर निर्माणका लागि फाउण्डेशन (जग) बनाउने काम गरिरहेको छ । कोहलपुर–सुर्खेत प्रसारण लाइनमा डबल सर्किटका १६० टावर निर्माण गर्नुपर्नेमा हालसम्म १३ स्थानमा मात्रै टावरको फाउण्डेशन निर्माण भएको प्रदेश कार्यालय प्रमुख अग्रहरीले बताए । तीमध्ये १३० ओटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० ओटा पोल व्यक्तिको जग्गामा पर्ने आयोजना निर्माण कम्पनीको भनाइ छ ।
सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकबेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूख कटान हुनेछन् । आयोजनाको प्रतिवेदन अनुसार सुर्खेतमा ६ हजार ८२०, बर्दियामा ३ हजार ३२० र बाँकेमा २ हजार ९१६ ओटा रूख कटान हुनेछ ।
कोहलपुर–सुर्खेत् विद्युत प्रसारण लाइन विस्तारका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदनले कटान हुने रूखको संख्या ९ महीनाअघि नै सार्वजनिक गरेको थियो । प्रसारण लाइनको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा पाएको छ । निर्माण कम्पनीले आगामी भदौसम्म प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरीदको काम सम्पन्न गर्नुपर्नेछ । आयोजना र निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौता अनुसार आगामी भदौसम्म टावर निर्माणको काम सक्नुपर्ने हुन्छ । तर, रूख कटानका लागि प्रक्रियामा ढिलाइ हुँदा काम नै प्रभावित भएको छ । गतवर्ष असारमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि कम्पनीले करीब १४ महिनापछि गत भदौदेखि मात्रै निर्माणको काम थालेको हो । १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाइ हुँदा सुर्खेतसहित कर्णालीवासीले सास्ती भोग्दै आएका छन् । कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको भए पनि त्यो अपर्याप्त छ ।
मंसिर २७, सुर्खेत । रुख कटानमा ढिलाई हुँदा कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन निर्माणको काम प्रभावित भएको छ । प्रसारण लाइन विस्तारका लागि रुख कटान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले स्वीकृत दिन ढिलाई गर्दा निर्माणको कामले गति लिन नसकेको हो ।
आयोजना कार्यालयले गत जेठमा पठाएको रुख कटान सम्बन्धी प्रस्ताव करीब ७ महीनादेखि मन्त्रालयमै अड्किएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरीले आयोजना कार्यालयबाट यसअघि नै विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुंगो लगाई सकिएको बताए ।
उनले रुख कटानमा ढिलाई नभए तोकिएकै समयमा काम सकिने लक्ष्य राखिए पनि स्वीकृति ढिलो आएमा आयोजनाको अवधि लम्बिन सक्ने जनाए ।
‘मन्त्रालयमा फाईल अड्किरहेको छ,’ उनले भने, ‘मन्त्रालयबाट रुख कटानका लागि स्वीकृत नआएसम्म अरु काम अगाडि बढाउन सकिँदैन ।’
अन्य स्थानमा रुख कटान भएपछि मात्रै टावर निर्माण गर्न सकिने उनको भनाइ छ । उनले संघीय मन्त्रिपरिषद्को बैठकले रुख कटानका लागि स्वीकृति दिएपछि मात्रै रुख काट्नका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जा लगायत प्रक्रिया शुरु हुने बताए ।
उनका अनुसार आयोजना क्षेत्रमा पर्ने १३ हजार ५६ ओटा रुख काट्न कार्यालयले अनुमति मागेको छ । यद्यपि आयोजनाले वन क्षेत्र नपर्ने ठाउँमा टावर निर्माणका लागि फाउण्डेशन (जग) बनाउने काम गरिरहेको छ । कोहलपुर–सुर्खेत प्रसारण लाईनमा डबल सर्किटका १६० ओटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म १३ स्थानमा मात्रै टावरको फाउण्डेशन निर्माण भएको प्रदेश कार्यालय प्रमुख अग्रहरीले बताउँछन् ।
तीमध्ये १३० ओटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० ओटा पोल व्यक्तिको जग्गामा पर्ने आयोजना निर्माण कम्पनीको भनाइ छ । सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकबेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्र भित्रका रुख कटान हुनेछन् । आयोजनाको प्रतिवेदन अनुसार सुर्खेतमा ६ हजार ८२०, बर्दियामा ३ हजार ३२० र बाँकेमा २ हजार ९१६ ओटा रुख कटान हुनेछन् ।
कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन विस्तारका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदनले कटान हुने रुखको संख्या ९ महीना अघि नै सार्वजनिक गरेको थियो । प्रसारण लाइनको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा पाएको छ । निर्माण कम्पनीले आगामी भदौसम्म प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरीदको काम सम्पन्न गर्नुपर्नेछ ।
आयोजना र निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौता अनुसार आगामी भदौसम्म टावर निर्माणको काम सक्नुपर्ने हुन्छ । तर, रुख कटानका लागि प्रक्रियामा ढिलाई हुँदा काम नै प्रभावित भएको छ । गत वर्ष असारमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएपनि कम्पनीले करीब १४ महीनापछि गत भदौदेखि मात्रै निर्माणको काम थालेको हो ।
१३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाई हुँदा सुर्खेतसहित कर्णालीवासीले सास्ती भोग्दै आएका छन् । कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको भएपनि त्यो अपर्याप्त छ । आयोजना बाँकेको कोहलपुर सबस्टेशनबाट शुरु भएर वीरेन्द्रनगरस्थित सुर्खेत सबस्टेशनमा पुगेर टुंगिनेछ ।
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारले तीव्रता लिएको छ। २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म सुर्खेत क्षेत्रमा ३० र कोहलपुर सबस्टेसनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको चिसापानीसम्म १५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरेको छ। बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। यही रफ्तारमा कुनै अवरोधबिना काम अघि बढे आगामी वर्षसम्म आयोजना सम्पन्न हुने आयोजनाका प्रमुख रविकुमार चौधरीले बताउनुभयो। प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि सुर्खेतसम्म १६२ वटा टावर निर्माण गर्नुपर्छ। यसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ७४ वटा टावरका लागि करिब ४३ हेक्टर जमिन आवश्यक पर्छ। प्राधिकरणका अनुसार प्रसारण लाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख कटान हुनेछन्।