सुर्खेतकाे पञ्चपुरी नगरपालिका मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

सुर्खेत – पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  नगरको प्रमुखमा कांग्रेसका लालवीर भण्डारी र उपप्रमुखमा मुक्तिदेवी रेग्मी विजयी हुनुभएको हो । भण्डारीले पाँच हजार ९०९ मत ल्याएर विजयी हुनु भएको छ ।   उहाँका निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका धनबहादुर थापाले पाँच हजार ११८ मत ल्याउनु भएको छ । यस्तै उपप्रमुखमा रेग्मीले  ६ हजार ९४ मत ल्याएर विजयी हुनु भएको छ ।   उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाकुमारी जैशीले पाँच हजार १६८ मत ल्याउनु भएको ...