पोखरा । गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको तीन सीटका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । गण्डकी प्रदेश अन्तर्गत नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दीनानाथ शर्मा र खिमबहादुर विक तथा नेकपा एकीकृत समाजवादीका शान्तिकुमारी परियारको पदावधि सकिन लागेकाले निर्वाचन हुन लागेको होे ।सत्तारुढ गठबन्धनका तर्फबाट तीन सीटका लागि नेकपा माओवादी केन्द्रले दुई र नेपाली काँग्रेसले एक सीटमा उम्मेदवार खडा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट सुरेश आलेमगर र भुवन सुनार तथा नेपाल