झापामा चार पालिकाको भूमिहीन आयोगसँग सम्झौता

जिल्लाका १५ पालिकामध्ये चार पालिकाले अव्यवस्थित बसोबास, भूमिहीनको लगत सङ्कलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । शिवसताक्षी, दमक र कनकाई नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाले उक्त सम्झौता गरेका हुन् । देशभरका ९१ स्थानीय तहलाई राष्ट्रिय भूमि आयोगले गत पुस २४ गते सम्झौताका लागि काठमाडौँस्थित आयोगको  कार्यालयमा बोलाएको थियो । छुटेका पालिकाले आफ्नो अनुकूलता अनुसार सम्झौता गर्न आउन सक्ने आयोगका उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले जानकारी दिए ।शिवसताक्षी नगरपालिक

सम्बन्धित सामग्री

झापाका अधिकांश पालिकाको जोड पूर्वाधार निर्माणमा

आइतबार १५ स्थानीय तह रहेको झापाका स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट अनुमान तथा नीति कार्यक्र मल्याएका छन् । अधिकांश स्थानीय तहले बजेटमा पूर्वाधार निर्माणलाई जोड दिएका छन् । झापामा कहाँको बजेट कस्तो छ ? केही स्थानीय तहको बजेटको अवस्थाः दमक दमक नगरपालिकाले आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै सुत्केरी महिलालाई घरैमा […]

झापामा एक अर्ब ३१ करोड ५७ लाख बेरुजु

आर्थिक वर्ष २०७७/०७८ मा झापामा एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा झापाका १५ वटा पालिकाको कूल लेखा परीक्षक रकम २७ अर्ब ८१ करोड १४ लाख ८९ हजार (आम्दानी र खर्च) मध्ये एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम […]

झापामा एक अर्ब ३१ करोड ५७ लाख बेरुजु

भद्रपुर। गत आर्थिक बर्ष २०७७÷०७८ मा झापामा एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ । जिल्लाका १५ वटा पालिकाको कुल लेखा परीक्षक रकम २७ अर्ब ८१ करोड १४ लाख ८९ हजार (आम्दानी र खर्च) मध्ये ४ दशमलव ७३ प्रतिशत रकम बेरुजु देखिएको हो । जिल्लाको १५ वटा पालिकामध्ये सबैभन्दा बढी […]

स्वास्थ्य बीमा र अस्पताल, स्थानीय पालिकाको प्राथमिकता

झापामा नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिन समस्या हुन थालेपछि स्थानीय तहहरुले बीमाको उपचारमा सहजताका लागि विशेषज्ञसहितको अस्पताल बनाउने कार्यलाई प्राथमिकताका साथ आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गनै थालेको पाईएको छ ।

झापाका यी पालिकाको मतपरिणाम आउन बाँकी

१५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ ।  जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्रदशी, झापा, हल्दिवारी र कचनकवल गाउँपालिकाको पनि मतगणना सकिएको हो ।     सार्वजनिक भएको छ पालिकाको मतपरिणामअनुसार नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा प्रमुख, कचनकवल र झापा गाउँपालिकामा अध्यक्ष जितेको छ भने उपाध्यक्षमा कनकाई नगरपालिका र झापा गाउँपालिका जितेको छ । नेपाल कम्युनिष

झापामा बहुरंगी गठबन्धन

पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी गठबन्धन गरेका छन् ।यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ । “अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्वाभाविक हो”, प्रदेशसभा सदस्य वसन्त बानियाँ भन्छन्, “स्थान

कांग्रेसले टुङ्ग्यायो झापामा उम्मेदवार

झापा । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उमेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उमेदवार प्रदान गरिएको छ । जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा आज निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ...

कांग्रेसले टुङ्ग्यायो झापामा उम्मेदवार

झापा, १२ बैशाख । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ । जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा आज निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ । पार्टीले […]

झापामा बजार अनुगमन तीव्र : २२ हजार भन्दा बढीका सामग्री नष्ट

असोज १८, झापा । चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चार ओटा पसललाई जरिवाना गरेको छ भने रू. २२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको जानकारी दिएको छ । पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० ओटा पालिकाको अनगुमन गरिसकेको जानकारी दिएको छ ।  अनुगमनकै क्रममा मूल्य सूची नराखेका, नक्कली बिल प्रयोग गर्ने र बढी मूल्यमा सामान विक्री गर्ने अर्जुनधारा नगरपालिकाका चार ओटा किराना पसललाई रू. पाँच हजारको दरले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताए ।   उनले अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्य वस्तु खाने तेल, भूजिया, बिस्कुट, घीउलगायतका सामग्री म्याद गुज्रिएको पाइएकाले जफत गरी नष्ट गरिएको बताए ।  घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले दैनिक बजार अनुगमन गरिरहेको छ ।  ‘कोभिड–१९ का कारण बजार भर्खर खुलेको छ, लामो समय पसल बन्द हुँदा कतिपय खाद्य सामग्रीको म्याद गुज्रिएको पाइयो’, उनले भने, ‘तर मूल्यमा भने खासै अन्तर देखिएन ।’ बजारमा समितिले अनुगमन नगरेर औपचारिकताकै लागि मात्र हिँडिरहेको उपभोक्ताले आरोप लगाएका छन् । मेचीनगर नगरपालिका– १० का उपभोक्ता हिमाकुमारी राईले पसलैपिच्छे सामानको मूल्य फरक हुने गरेको पाइए पनि अनुगमन समितिले केही नगरेको गुनासो गरे । उनका अनुसार बजारमा अन्य सामानको तुलनामा चिनी व्यापारीले मनपरी मूल्य अर्थात प्रतिकेजी रू. ८८ देखि १०० सम्ममा बेचिरहेको छन् ।  ‘बजारमा चिनीको मूल्य पसलैपिच्छे फरक छ’, उनले भने, ‘अनुगमन समितिले वास्तै गर्दैन यसो हेरे जस्तो गरेर फर्कन्छ । अनुगमन गरे जस्तो गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम भइरहेको छ ।’ समितिका संयोजक तथा सहायक प्रजिअ रिमालले बजारमा चिनीको मूल्य उपभोक्ताले आरोप लगाए जस्तो धेरै फरक नपाइएको बताए । उनले बजार अनुगमनका क्रममा प्रतिकेजी रू. ८८ देखि रू. ९० मा चिनी बेचबिखन भइरहेको बताए ।  उनले भने, ‘हामीलाई एउटा मूल्य भन्ने तर उपभोक्तासँग अर्को मूल्य लिन्छन् भने थाहा भएन । छड्के अनुगमन गरेर त्यस्तो पाइएमा व्यापारीलाई कारवाही गर्छौं ।’ रासस