दाङ- राप्ती गाउँपालिका-२ नयाँ बस्ती निवासी दुःखराम सार्कीका बुवा भूमिहीन थिए। उनकाे ऐलानी जग्गामा बास थियो। दुःखरामका बुवा बिते। अहिले दुःखरामको पनि उमेर ढल्किँदै जान थालेको छ। करिब तीन पुस्तादेखि जग्गाको लालपूर्जाको लागि यो परिवार संघर्षरत छ। हरेक निर्वाचनमा जग्गाको लालपूर्जा दिने, जग्गाको मालिक बनाउने दलहरूबाट प्रतिबद्धता आइरहे, दुखरामलाई सपना देखाइरहे।निर्वाचन जितेपछि न दुखरामका दुख […]