काठमाडौं । तनहुँको ब्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीलाई भेट्न एमाले नेता सुवासचन्द्र नेम्वाङ, श्रममन्त्री किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल पुगेका छन्। काठमाडौंमा उपचाररत जोशीलाई भेट्न उनीहरु अस्पताल पुगेका हुन् । स्थानीय निर्वाचनअन्तर्गत मतदानको दिन जोशीलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहले कुटपिट गरेको थियो । कांग्रेस नेता गोविन्दराज जोशीका […]