गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा जिल्लाभरीमा कुनै पनि ठाउँमा भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतबार भित्र्याइएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुन आग्रह गरेको हो ।जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भिडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “गौरा र तीजमा सामान्य पूजाआजाबाहेक अन्य भिडभाड हुने ख