रामबाबु सुवेदीलाई 'रमाइला नानी बालसाहित्य पुरस्कार'

काठमाडौं : वरिष्ठ बाल साहित्य सर्जक रामबाबु सुवेदीलाई 'रमाइला नानी बालसाहित्य' पुरस्कार प्रदान गरिएको छ। दिवंगत साहित्यकार कृष्णप्रसाद पराजुलीको ८९ औं जन्मजयन्तीको अवसरमा शनिवार काठमाडौंको कमलदीस्थित युनिग्लोब स्कुलमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तीर्थ श्रेष्ठले उक्त पुरस्कार सुवेदीलाई हस्तान्तरण गरे। आयोजक कृष्ण साहित्य सदनका अनुसार सुवेदीलाई नगद १० हजार एक सयसहित सम्मान पत्र प्रदान गरियो। त्यसैगरी…

सम्बन्धित सामग्री

अभिभावकहरू बालबालिकालाई बालसाहित्य किन्दिन अनकनाउँछन्

उमेरको सात दशकमा पनि निकै सक्रिय रूपमा कमल चलाउँदै आइरहेका छन्- कवि, गीतकार तथा बालसाहित्यकार रामबाबु सुवेदी। करिब तीसको दशकदेखि बालसाहित्यमा कमल चलाउन सुरु गरेका सुवेदीले शिक्षण पेशामा पनि साढे तीन दशक बिताए। कुनै बेला बुढानीलकण्ठ स्कुलमा प्राध्यापनकै क्रममा राजा वीरेन्द्रका सन्तान दीपेन्द्र, निराजन र श्रुतिलाई पढाउने गर्थे। कास्कीमा जन्मिए पनि सुवेदीले काठमाडौंलाई कर्मथलो बनाए। […]

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानको सम्मान तथा पुरस्कार कार्यक्रम शनिबार

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट हरेक वर्ष समर्पण गरिने सम्मान तथा पुरस्कार २०८० सालमा सम्मानित हुने साहित्यकार र संस्थाहरूको नाम घोषणा गरिएको छ । दैवज्ञ विशिष्ट स्रष्टा सम्मान १०३ वर्षीय काव्यसाधक गोपाल वैद्य ‘किञ्जल्क’ पोखरा, दैवज्ञ साहित्य पुरस्कार वरिष्ठ कवि गोविन्दराज ‘विनोदी’ गैँडाकोट, दैवज्ञ बालसाहित्य पुरस्कार वरिष्ठ कवि तथा बालसाहित्य स्रष्टा रामबाबु सुवेदी, हंसपुर–४, कास्की र दैवज्ञ समाज सेवा पुरस्कार अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, कास्कीलाई प्रदान गर्ने घोषणा गरिएको हो ।