काठमाडौं : भारतमा विधानसभाको पहिलो चरणको निर्वाचन सुरु भएको छ। आज पश्चिम बंगलाका पाँच जिल्लाका ३० विधानसभा सिट र असमका १२ जिल्लाका ४७ विधानसभा सिटका लागि मतदान सुरु भएको हो। दुवै राज्यमा उच्च सुरक्षाबीच मतदान कार्यक्रम सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।पहिलो चरणमा असमका माजुली, गोहपुर, जोरहाट, नाजिरालगायतका हाई प्रोफाइल सिटमा मतदान भइरहेको छ। माजुलीबाट मुख्यमन्त्री सर्वानन्द सोनोवाल तथा जोरहाटबाट असम विधानसभाका अध्यक्ष हितेन्द्रनाथ गोस्वामी चुनावी मैदानमा छन्।भारतीय निर्वाचन आयोगका अ