काठमाडौँ। केही समय अगाडि मूल्य सार्वजनिक गरी बुकिङ खुला गरेको फोर्स गुर्खाको टेष्ट ड्राइभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ।
नेपालमा हिमालय अर्गनाइजेशनअन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा बिक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखरा चाउथेमा आफ्नै सोरुमबाट टेष्ट ड्राइभ क्याम्पियन सुरु गरेको थियो। जसको पहिलो फागुन १८ गते २६ जनाले टेस्ट ड्राइभ गरी यसका विशेषताहरुको भरपुर आनन्द लिएका थिए।