जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चल र मधेशमा आज (सोमबार) चैते छठ मनाइँदै छ।४ दिन नियम निष्ठापूर्वक मनाइने चैते छठको मूल विधिअनुसार आज सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ। भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैते छठ विधिवत समापन हुनेछ।कात्तिकमा मनाइने छठ जस्तै गरी उल्लेख्य संख्यामा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैते छठ मनाउनेको संख्या बढ्दै गएको छ।जनकपुरधामको गंगासागर, धनुषसागर, अर्गजासागरमा यो पर्व धुमधामक