वीरगञ्ज उद्योग वाणिज्य संघले नारायणी अस्पताललाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि वीरगन्ज उवासंघका अध्यक्ष सुबोधकुमार गुप्ताले ९ लाख मूल्य बराबरको ३ थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरे । अध्यक्ष गुप्ताले हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण रुपमा सञ्चालनमा आउने विस्वास […]