मृतक मजदुरको शोकमा एकदिन तुल्सीपुर बजार बन्द

पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता-चप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।