‘रक गार्डेन’को बनावट देखेर पर्यटक प्रफुल्लित

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ‘रक गार्डेन’को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरुपमा रहेको चट्टान आफैँ गार्डेनजस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिस चट्टानको बनाबाट र त्यहाँको वातावरण देखेर प्रफुल्लित हुन्छन् । चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुङ्गाको बगैंचामा जाने मासिन आनन्दित हुने गरेका छन् …

सम्बन्धित सामग्री

कृष्णसारको आकर्षण

निकै मनमोहक र चित्ताकर्षक देखिन्छ– दुर्लभ वन्यजन्तु कृष्णसार । सुन्दर शारीरिक बनावट यसको विशेषता हो । लामो बटारिएको सिङ, सेतो पेट र कत्था रंगको माथिल्लो भागका रौंले तेजिलो र सुन्दर पनि देखिन्छ कृष्णसार । यो वन्यजन्तु अहिले बर्दियाको चिनारी बनेको छ । यसको अवलोकन गर्न बर्सेनि यहाँ पर्यटक आउने गरेका छन् ।

माइस पर्यटनमा बेवास्ता

नेपालको भौगोलिक बनावट, उपयुक्त हावापानी, सस्तो बसोवास आदि कारणले माइस पर्यटनका सम्भावना प्रशस्त भए पनि यसमा न पर्याप्त पहल भएको छ न त उपलब्धि नै प्राप्त भएको छ । मिटिङ, भेला, सभासम्मेलन, प्रोत्साहन र प्रदर्शनीजस्ता कार्यक्रमबाट पर्यटक ल्याउने प्रडक्ट माइस पर्यटन हो । नेपालले भ्रमण वर्ष २०११ मै यसलाई महत्त्व दिए पनि यसतर्फ खासै काम हुन सकेको छैन । नेपालका सबैजसो होटेलहरूले माइस पर्यटनका लागि सहयोग पुग्ने गरी सभाकक्षहरूको व्यवस्था गरेको पाइन्छ । तर, ठूलो परिमाणमा यस्तो सभासमारोह आयोजना गर्न भने नेपालमा आधुनिक हल छैनन् भन्दा हुन्छ । चीनले बनाइदिएको एकमात्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र सरकारले ओगटेर त्यसलाई संसद् भवन बनाएको छ । सम्मेलन भवन नहुँदा ठूला कार्यक्रम गर्न सक्ने अवस्था छैन । त्यसैले माइस पर्यटन भनेर मात्रै हुँदैन, त्यसअनुसार पूर्वाधार पनि तयार हुनुपर्छ ।  नेपाल न निकै जाडो हुने न निकै गर्मी हुने देश । त्यस्तै यहाँको टाइम जोन पनि विश्वका सबै देशका लागि अनुकूल नै देखिन्छ । त्यसैले यहाँ सभासमारोह गर्नु कुनै पनि अन्तरराष्ट्रिय संस्थाका लागि उपयुक्त देखिन्छ । तर, सरकारले माइस पर्यटनको महत्त्व बुझ्न सकेको छैन । त्यही भएर यसका लागि पहल पनि गरेको छैन । नेपालको कूटनीतिक क्षेत्रले सभासम्मेलनका लागि नेपाल उपयुक्त स्थल भएको सन्देश प्रवाहित गर्न सकेको भए माइस पर्यटन फस्टाउन सक्थ्यो । निजीक्षेत्रले पनि यो प्रडक्टका बारेमा जति गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । नेपाल पर्यटन बोर्डले पनि माइस पर्यटन प्रवर्द्धनका लागि कुनै कार्यक्रम गरेको छैन । यसरी हेर्दा नेपालमा माइस पर्यटनको महत्त्व नबुझेको हो कि भन्ने देखिन्छ । भारतीय कम्पनीहरूलाई नेपालमा यस्तो सम्मेलन गर्न आग्रह गर्ने हो भने त्यसले सकारात्मक प्रभाव पार्न सक्छ । नेपालमा भारतीय कम्पनीका एजेन्टहरू छन् । तिनले माउ कम्पनीलाई नेपालमा सम्मेलन वा मिटिङ राख्न प्रोत्साहन गर्न सक्छन् । कम्पनीकै कामका लागि काठमाडौं आएका व्यक्तिहरू नेपालका विभिन्न स्थानमा जान सक्छन् । त्यसैगरी नेपालमा सक्रिय लायन्स क्लब, रोटरी इन्टरनेशनलजस्ता थुप्रै संस्थाले तिनको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा गराउन पहल गर्ने हो भने सम्भव देखिन्छ । यसरी नेपालमा माइस पर्यटनको प्रशस्त सम्भावना भए पनि कसैको आँखा नपुगेको देखिन्छ । यसको प्रवर्द्धन भयो भने माइस पर्यटनबाट लाभ लिन सकिन्छ ।

सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव

पाँचथर – करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीच–बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट । चौँरी र गाईका गोठबाट निस्कने धुँवा र घन्टीको आवाजको माधुर्यता पनि […]

ल्हो मन्थाङ : गुणस्तरीय पर्यटनको हब बनाऊँ

हाम्रो देश नेपालमा अझै पनि यस्ता धेरै ऐतिहासिक ‘गाउँठाउँ, मठमन्दिर, गुम्बा, विभिन्न धर्मालम्बीको आस्थाको संगमस्थल अर्थात् धार्मिकस्थल, प्राकृति सम्पदा, राष्ट्रिय धरोहर, किल्ला, दुर्ग, डाँडाकाँडा आदि रहेका छन्, जहाँ अहिलेसम्म स्वदेशी तथा विदेशी पर्यटक एकपटक पनि नपुगेको हुन सक्छ । हामीले नेपालका त्यस्ता ‘कुमारी/भर्जन’ तथा ऐतिहासिक ‘गाउँठाउँ, मठमन्दिर, गुम्बा, विभिन्न धर्मालम्बीको आस्थाको संगमस्थल अर्थात् धार्मिकस्थल, प्राकृति सम्पदा, राष्ट्रिय धरोहर, किल्ला, दुर्ग, डाँडाकाँडा आदि रहेका ठाउँसम्म पुग्न गोरेटो, घोटेटो र सम्भव भएसम्म सडक यातायात जान नदिने बनाएर प्रचारप्रसार गर्न लागिहाल्नुपर्ने देखिन्छ । यस्तो कार्यले हाम्रो देशमा गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्न वा भनौं आकर्षित गर्नमा सहयोग नै पुग्ने देखिन्छ । त्यसैले यो कार्यमा पनि हामीले ध्यान दिएर लाग्नुपर्ने देखिन्छ । यो विषयमा पछि छुट्टै लेख लेख्ने विचार छ । अहिलेलाई भने गुणस्तरीय पर्यटनको कुरो गर्दा म माथिल्लो मुस्ताङबारे लेख्दै छु । स्थानीय भाषामा ‘ल्हो मन्थाङ’ भनिने माथिल्लो मुस्ताङलाई अंग्रेजी भाषामा फोरबिड्डन किङडोम, हिड्डेन किङडोम, मड सिटी, लस्ट किङडोम, अप्पर मुस्ताङ आदि नामले पनि चिनिन्छ । स्मरणीय के छ भने, विसं २०४६ सालअघि कानूनी रूपमा विदेशीहरूका लागि प्रवेश निषेध थियो– ‘ल्हो मन्थाङ ।’ विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै माथिल्लो मुस्ताङ, ‘ल्हो मन्थाङ’ अर्थात् अप्पर मुस्ताङमा विदेशीले भ्रमण गर्न पाउने व्यवस्था गरियो । त्यसो भए तापनि अमेरिकी नागरिक स्टान आर्मिङटङद्वारा लिखित र ‘लन्ली प्लानेट’द्वारा प्रकाशित ‘द हिमालय किङ्डोम’ नामक किताबमा लेखिएअनुसार विदेशीहरूका लागि विसं २०४६ सालअघि कानूनी रूपमा प्रवेश निषेध भनिए तापनि २०४६ सालअघि पनि ‘ल्हो मन्थाङ’मा राजदरबारका शाही पाहुनाहरू भने सुटुक्कै जान्थे । त्यस्तै गूगलमा सर्च गरेर हेर्दा सन् १९५२ मै स्वीस नागरिक टोनी हेगनले पहिलो विदेशीका रूपमा ‘ल्हो मन्थाङ’ अर्थात् माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ । त्यस्तै ‘ल्हो मन्थाङ’ भ्रमण गर्ने दोस्रो व्यक्तिको रूपमा फ्रेन्च नागरिक माइकल पिसेल देखिन्छन् । उनले सन् १९६४ मा ‘ल्हो मन्थाङ’ अर्थात् माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ । विसं २०४७ मा तत्कालीन श्री ५ को सरकारले निश्चित शर्तहरूसहित ‘ल्हो मन्थाङ’ अर्थात् अप्पर मुस्ताङमा विदेशीहरूलाई पर्यटकीय उदेश्यले भ्रमण गर्न पाउने गरी खुल्ला गर्‍यो । जस्तै माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने पर्यटक कम्तीमा २ जना हुनैपर्ने, सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाउने, एक जना सरकारी सम्पर्क अधिकृत अनिवार्य रूपमा लैजानैपर्ने (हाल खारेज भइसकेको छ ।), १० दिनमा टे«किङ गरी सक्नुपर्ने (आधार खुलाएर थप २ दिन थप्न सकिने), एकजना पर्यटक बराबर ७० अमेरिकी डलर सरकारलाई राजस्व तिर्नुपर्ने, वर्षमा १ हजारभन्दा बढी पर्यटक जान नपाउने, कुनै पनि विदेशी पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिक सहयोग दिन नपाउने, विदेशी पर्यटकले स्थानीय समुदायलाई आर्थिक सहयोग दिनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनुपर्ने आदि शर्तसहित विदेशी पर्यटकलाई भ्रमण गर्न खुल्ला गरिएको थियो । लामो समयदेखि नेपालका अन्य केही हिमाली क्षेत्रझैं निषेध गरिएको ‘ल्हो मन्थाङ’ विदेशी पर्यटकका लागि खुल्ला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) ४ सय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा १,०६६ पुग्यो । त्यसपछि देशमा चलेको हिंसा प्रतिहिंसा (सरकार–तत्कालीन विद्रोही माओवादीबीच) सँगै मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकको संख्या पनि घट्न थाल्यो । यसरी सन् २००० देखि पुन माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या तीन अंकमा झर्‍यो । यो क्रम सन् २००६ सम्म जारी रह्यो । २०६२/२०६३ मा आएको परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १,१५७ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा त स्थानीय बासिन्दा नै आश्चर्यचकित हुने गरी विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २,१९४ जना विदेशी पर्यटकले ‘ल्हो मन्थाङ’को भ्रमण गरे । हुन पनि भगौलिक हिसाबले तिब्बती पठार र ‘ल्हो मन्थाङ’को बनावट उस्तैउस्तै छ । त्यतिमात्रै होइन, उनीहरूबीच धर्म, भाषा, वेशभुषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालनजस्तै घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरीका उही, खेतीपाती गर्ने तरीका उही । त्यसमा पनि ‘ल्हो मन्थाङ’को तिब्बतको भन्दा पृथक् पहिचान के छ भने, ‘ल्हो मन्थाङ’का विभिन्न स्थानमा प्राचीन गुफाहरू प्रशस्तै छन् । जहाँ प्राचीन समयमा मानवबस्ती रहेको भनी विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । जुन सम्पदालाई त्यहाँ भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी र स्थानीय बासिन्दा एवम् समग्र देशकै लागि पनि गर्व गर्नलायक सम्पदा वा भनौं धरोहर मान्न सकिन्छ । त्यस्तै ‘लो घ्याकर’मा अवस्थित लगभग १३ सय वर्ष पुरानो बौद्घ गुम्बाले पनि विदेशी पर्यटकका लागि कौतुहलता र आकर्षण थपेको छ । भनिन्छ, उक्त गुम्बा गुरु पद्यम सम्भवले तिब्बतमा बुद्घधर्म फैलाउन जाने क्रममा स्थापना गराएका हुन् । यसरी नेपालबाट ‘ल्हो मन्थाङ’ भ्रमणमा जान चाहने विदेशी पर्यटकका लागि महँगो दर तोकिएको भए तापनि, (‘ल्हो मन्थाङ’ भ्रमण गरेबापत तिर्नुपर्ने सलामी दस्तुर ७ सय अमेरिकी डलर तोकेको थियो भने पछि ५ सय अमेरिकी डलरमा झारेको छ ।) यो दरलाई कायमै राख्दै ‘ल्हो मन्थाङ’जस्तो ऐतिहासिक, पुरातात्त्विक तथा सम्पदा क्षेत्र रहेको उक्त क्षेत्रलाई ‘वेस्ट टुरिस्ट’/‘ब्याक प्याकर’, नेपाली पर्यटन क्षेत्रमा चलेको भाषामा भन्ने हो भने ‘झोले’ पर्यटकलाई लर्को लगाउने काम बन्द गरौं । बरु संख्या थोरै भए पनि प्रशस्त पैसा खर्च गर्न सक्ने, गुणस्तरीय र गुनिलो पर्यटकलाई मात्रै प्रवेश गर्ने नेपालको एक मात्र पर्यटकीय हबका रूपमा ‘ल्हो मन्थाङ’लाई विकास गरौं । लेखक पर्यटनकर्मी हुन् ।

गण्डकी प्रदेशमा पर्यटक आकर्षण गर्ने प्रचुर सम्भावना छ : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गण्डकी प्रदेशका सबै जिल्ला पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नेपालको पर्यटन हवका रुपमा रहेको गण्डकीमा पर्यटन प्रबद्र्धन गरेर लाभ लिन सकिने बताए । उनले गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । मल्लले भने, ‘आकर्षक भौगोलिक बनावट रहेकाले गाँउ-गाँउमा होमस्टेको उचित प्रबन्ध गरी पर्यटन व्यवसायलाई सबल बनाउनुपर्छ ।’