शक्तिखोर औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम यही वर्षबाट सुरु गर्नुपर्ने बताएका छन् । २०७३ फागुन ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । “चितवन राजधानी बन्न त सकेन,” उनले भने, “शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने कुरा प्राविधिक कारणले ढिलाइ भइरहेको छ, यही वर्ष शिलान्यास गर्ने गरी कामको गति बढाउनुपर्छ ।”